जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

समाचार

10/17/2019

  मोरङ, ३० असोज । विराटनगर महानगरपालिका–११ जनपद टोल बस्ने रत्नबहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनतालाई पक्राउ गरेका छ ।

  विराटनगर महानगरपालिका–१२ बस्ने ३१ वर्षीय रमेश मुखिया समेत ४ जनालाई नगद ६६ हजार ४ सय ५० रुपैयाँ, ८ सय भारतीय रुपैयाँ र ३ बुक तास सहितबुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी बिराटनगर महानगरपालिका–६ बस्ने २९ वर्षीय विकी केशरीको घरमा जुवातास खेलिरहेको अवस्थामा विकी केशरी समेत ६ जनालाई नगद २० हजार २ सय २० रुपैयाँ, २ सय ३० भारतीय रुपैयाँ  र १ बुक तास सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

  यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ