राउण्ड टेवल नेपालद्वारा विद्यार्थीलाई ट्रयाकसुट वितरण

समाचार

1/2/2020

विराटनगर, १७ पुस । राउण्ड टेवल नेपालले मोरङको विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ ले मोरंगको रंगेलीस्थित श्री महर्सीमेही आधारभुत विद्यालयका करिब २०० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ ।

चिसोका कारण विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि राउण्ड टेबलले न्यानो कपडा वितारणको कार्यक्रम आयोजना गरिएको विराटनगर सेन्«टल राउण्ड टेबल १५ का सेक्रेटरी डाक्टर ललित अग्रवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ