डेंगु विरूद्ध अभियान

समाचार

9/13/2019

कैलाली, २७ भाद्र । सुदुरपश्चिम प्रदेशमा डेंगु रोगको संक्रमण बढ्दै गएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले त्यसविरूद्ध अभियान थालनी गर्न सामाजिक मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रदेशमा दिन प्रतिदिन डेंगुका बिरामी देखा पर्न थालेपछि मुख्यमन्त्री भट्टले रोग नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र मन्त्रालय अन्तर्गतका स्वास्थ्य महाशाखाका कर्मचारीलाई बोलाएर रोग नियन्त्रणका लागि तत्काल अभियान थाल्न निर्देशन दिए ।

डेंगु रोगको संक्रमण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले यो रोग थप बढ्न नदिन आवश्यक अभियान थालनी गर्न सामाजिक विकास मन्त्री तथा कर्मचारीलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ