तोडफोडमा मुछिएकालाई सफाइ

समाचार

9/20/2019

जनकपुरधाम, २ असोज । जानकी मन्दिर तोडफोड मुद्दाको जिल्ला अदालत धनुषाले चार वर्षपछि फैसला सुनाएको छ । घटनामा मुछिएका तत्कालीन मधेश आन्दोलनका ८ जना अगुवाले सफाइ पाएका हुन् ।

तत्कालीन मधेश क्रान्ति संघर्ष समितिका संयोजक नवीन यादव, रामजी राय, सुशील कर्ण, सिलादेवी झा, विमला साह, सीता चौधरी, अशोक परसैला र विवेक चन्द्र अधिकारी सफाइ पाएका हुन् ।

न्यायाधीस राजेश कुमार कटुवालले मुद्दाको सुनवाइ गर्दै घटनामा संलग्न सबैलाई सफाइ दिएका छन् । २०७२ पुस १ गते विवाह पञ्चमीकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिर आएकी थिइन् ।

त्यतिबेला मधेश आन्दोलन चलिरहेको थियो । आन्दोलनकारीले राष्ट्रपति भण्डारीलाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो ।

सोही क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । तर, प्रशासनले जानकी मन्दिर तोडफोड भएको भन्दै १० जनाविरुद्ध प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार मुद्दा दर्ता गराएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ