धनगढी, २९ पुस । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वमा ३ दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १,२, र ३ गते बिदा दिने निर्णय गरेको हो ।
सोमबारको गाउँ सभाले माघीमा तीन दिन बिदाको प्रस्ताव सर्वसम्मत पारित भएपछि बिदा दिइने गाउँपालिकाका प्रवक्ता एंव वडा नम्बर ७ का वडाअध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ ।
माघ थारु समुदायको नयाँ वर्ष र सबैभन्दा ठूलो पर्व हो सुदूरपश्चिम प्रदेश सरकारले पनि माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया