कलैया, २१ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिसोबाट पीडित गरिबलाई कम्बल बितरण गरेको छ ।
सोमबार कलैया उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा ५० भन्दा बढी परिवारलाई कम्बल वितरण गरिएको हो ।
तराई मधेशमा चिसो बढ्दै गएपछि पीडित गरिब परिवारलाई सहयोग पुग्ने गरी कम्बल वितरण गरिएको नेकपा बाराका सदस्य मुकेश साहले बताए ।
‘अहिले कलैयासहित तराई मधेशमा चिसो बढेको छ’ साहले भने, ‘गरिब परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले नेकपाले कम्बल वितरण गरेको हो ।’
कम्बल वितरण कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय बलवीर चौधरी, ज्वालाकुमारी साह, जिल्लाका नेताहरु अमृत शर्मा बजगाइ, रबिन श्रेष्ठ, धुरी साह, मुकेश साह, जवाहिर अंसारी, उमेश यादव, रमेश साह, भदै राम, पुरुषोतम साह, रतन साह, रामअश्रे साह, राजम्हम्द मंसुर, इस्लाम मियां, संमसुदिन मिया, जादोलाल साह, राजेश साह, मोस्तकिम अंसारी, ललु मंसुर, राजेस्वर कुशवाहा, भिकारी साह, रमोद यादव, बिनोद गुप्ता, अजित कर्ण, किशोरी राउत, ब्रहम्देव कुशवाहा, मैशुदिन मिया, दुखा अंसारी लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया