जनकपुरधाम, ३ कार्तिक । धनुषाको सबैला नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब उपलब्ध नगराएको भन्दै नगरपालिका कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
आइतबार सबैला नगरपालिकाको कार्यालयमा उनीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । उनीहरुले ५ महिनादेखि तलब उपलब्ध नगराएकोले तालाबन्दी गरिएको बताएका छन् ।
सरस्वती माध्यमिक बिद्यालयका शिक्षक अरुण ठाकुरले नगरपालिकाले विद्यालयलाई बेवास्ता गरेको गुनासो गरे । उनले तलब उपलब्ध नगराएसम्म ताला नखोल्ने चेतावनी दिए ।
तपाईको प्रतिक्रिया