नेपाली तथा भारतीय रुपैयाँसहित दुई जना पक्राउ

समाचार

9/13/2019

रुपन्देही, २७ भाद्र । सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाईपासबाट श्रोत नखुलेको नगद ३८ लाख ९३ हजार १ सय नेपाली रुपैयाँ र नगद १ लाख २ हजार ५ सय भारतीय रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत महाराजगंज नौतवना बस्ने २४ वर्षीय रितेश कुमार मधेसिया र २४ वर्षीय निरज कुमार अग्रहरि रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ वाई ७०४९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट उक्त नगद फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ