काठमाडौं, १ पुस । पाकिस्तानको एक विशेष अदालतले देशको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड सुनाएको छ ।
पाकिस्तानको विशेष अदालतको तीन सदस्यीय इजलासले पूर्वसैन्यशासक पर्वेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको फैसला सुनाएको हो ।
पेशावर उच्च अदालतका प्रधानन्यायधीश सवकर अहमद सेठको नेतृत्वको इजलाशले मंगलबार सो मृत्युदण्डको आदेश सुनाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
तत्कालीन सैन्यप्रमुख मुशर्रफ युनाइटेड अरब इमिरेट्सको दुबईमा बस्दै आएका छन् ।
बीबीसीका अनुसार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
गम्भीर देशद्रोहको मुद्दाको बारेमा सुनुवाइ गरिरहेको विशेष अदालतले २८ नोमेम्बरमा मुशर्रफलाई आफ्नो बयान पेश गर्न ५ डिसेम्बरसम्मको अन्तिम सीमा तोकेको थियो ।
उनलाई सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो ।
तपाईको प्रतिक्रिया