पोखरामा भारतीय पर्यटक

समाचार

1/12/2020

काठमाडौं, २७ पुस । पोखरामा वर्षमा करिब डेढ लाख भारतीय पर्यटक भित्रिन्छन् । ती मध्ये आधाजति धार्मिक उद्देश्यले भित्रिएका भारतीय पाहुना हुन्छन् ।

धार्मिक उद्देश्यले भित्रिएका पाहुना मुस्ताङको मुक्तिनाथ, काठमाडौँमा पशुपतिनाथ र जनकपुरसम्म पुग्छन् भने अरु पर्यटक पोखरा र आसपासका क्षेत्र घुम्छन् ।

पर्यटन व्यवसायीका अनुसार पोखरा क्षेत्रका ३३ वटा पर्यटकीय गन्तव्यहरु मध्ये भारतीय पर्यटकले बढीमा चारवटा मात्र गन्तव्य घुमेर फर्किन्छन् । पोखरा भित्रिएका अधिक भारतीय पाहुनाले घुम्नैपर्ने महत्वपूर्ण गन्तव्य छुटाउनुको कारण हो– भारतीय पर्यटक ठूला आकारका सवारीसाधन रिजर्भ गरेर पोखरा भित्रिन्छन् । ती सबै सवारी पोखरा क्षेत्रका पर्यटकीय गन्तव्यसम्म आउजाउ गर्न सक्दैनन् । पोखरा क्षेत्रका साँघुरा सडकमा भारतीय ठूला सवारी नगएपछि पाहुना घुम्नै नपाई फर्किन्छन् ।

पोखरा क्षेत्रका सबै पर्यटकीय गन्तव्य घुम्न लैजाने हो भने एक–दुई दिनको बसाइ अवधि बढ्ने व्यवसायीको भनाइ छ । अहिले पोखरामा भारतीय बढीमा तीन रात बिताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ