जनकपुरधाम, २ असोज । प्रदेश २ मा संविधान दिवस अन्तर्गत पहिलो दिनको कार्यक्रम मनाइएको छ ।
संविधान दिवसका अवसरमा प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बिहिबार बिहान तीन दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन सरसफाई तथा डेङ्गु रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हो । तर यो कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित थिएनन ।
संविधान दिवस मनाउन मन्त्री र नेताहरु उपस्थित नभएपनि स्थानीय प्रशासन र निजामति कर्मचारीहरु सहभागी थिए ।
संविधान संशोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपालले औपचारिक रुपमै विरोध गर्दै कालो दिवस मनाउने घोषणा गरिसकेको छ भने सत्तारुढ समाजवादी पार्टी मौन छ । सोही कारण मुख्यमन्त्री तथा मन्त्रीहरु कार्यक्रममा सहभागी नबनेको बताइएको छ ।
तपाईको प्रतिक्रिया