प्रदेश २ मा अभियन्ता सम्मेलन हुने

समाचार

1/6/2020

काठमाडौं, २१ पुस । नेपालमा अभियन्ता सम्मेलन २०२० आयोजना हुन लागेको छ । यो एउटा बृहत र एकीकृत अभियन्ता सम्मेलन हो ।

विभिन्न पेशामा आबद्ध रहे तापनि आफ्नो व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवनभन्दा माथि उठेर दिनदुःखि, समाज, देशको विकास तथा समृद्धिमा योगदान गर्न निःस्वार्थ भावले विभिन्न अभियान संचालन तथा सामाजिक कार्य गरिरहेका दुई सय सामाजिक अभियन्ताहरुको अभियन्ता सम्मेलन आउँदो मार्च ८, २०२० का दिन वीरगंजमा आयोजना हुन गइरहेको छ ।

भोर र प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियानको नेतृत्वदायी पहलमा उक्त अभियन्ता सम्मेलन २०२० आयोजना हुनेछ ।

यस सम्मेलनमा प्रदेश २ का बासिन्दा भएर प्रदेश २ का लागि अभियान संचालन÷समाज सेवा गरिरहेका तथा प्रदेश २ बाहिरका बासिन्दा (नेपालका बाँकी ६ वटा प्रदेशका, भारत तथा विश्वका अन्य मुलुकहरुका) भएर पनि प्रदेश २ का लागि अभियान संचालन÷समाज सेवा गरिरहेका अभियन्ताहरु यस सम्मेलनमा सहभागी हुनेछन् ।

यस सम्मेलनमा २०० अभियन्ताहरुको सहभागिता, तीन जना अन्तर्राष्ट्रिय मुख्य वक्ताहरुको प्रस्तुती, दुई वटा उच्च स्तरीय प्यानेल डिस्कसन, १० वटा समानान्तर सेटेलाइट वर्कसप, ११ विधामा अभियन्ता अवार्ड प्रदान, प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचन र विविधतामा एकता प्रर्वद्धन गर्ने सांस्कृतिक साँझ यस अभियन्ता सम्मेलन २०२० का मुख्य कार्यक्रम र आकर्षण रहने भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिएका छन् ।

अभियन्ता सम्मेलन २०२० मातलउल्लेखित १० वटा क्षेत्रमा सेवारत अभियन्ताहरु सहभागीहुनेछ ।

१.सामाजिकविकासःस्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा (महिलातथाबालबालिका, जेष्ठ नागरीक र अपङ्गता) र खेलकुद
२. संस्कृति, भाषा, सम्पदा, कला र पर्यटन
३. आर्थिक उन्नती, रोजगार, व्यापार
४. प्राकृतिकविपद बाट जोगिने र रेजीलिएन्ट
५. प्रदेशको मान, सम्मान, इज्जत बढाउने
६. सरसफाई, स्वाच्छता र वातावरण संरक्षण
७. विज्ञान, प्रविधिी र आविस्कार
८. भौतिक संरचनानिर्माण
९. सुसाशन र मितव्ययीता, पारदर्शिता र जवाफदेहिता
१०.साझेदारी, सहकार्य र समन्वय (स्थानीयतथा संघीय सरकार सित र सहयोगीनिकाय)
यस अभियन्ता सम्मेलन २०२० ले मुख्यपांच वटा उदेश्यहरु लिएको छ जुनयस प्रकार रहेको छ ।
१) समाज, देश र प्रदेशको विकास र समृद्धिमा अभियन्ताको भुमिका र योगदानलाई एकिकृततथाऔपचारीक रुपमा स्थापित गराउन सरकार, सहयोगीनिकाय, राजनीतिकदल र अन्य सरोकारवालाहरु बिच सचेतीकरण गर्दै वकालतगर्ने ।
२) प्रदेश २ भित्रविभिन्न क्षेत्रमा र विधामाविविधतायुक्तअभियानतथा सामाजिक सेवागर्दै आउनु भएकाअभियानीहरु बिच एक आपसमाउपलब्धी, चुनौती, सामाधानकाउपायतथासिकाईको अनुभवआदानप्रदानगर्दै क्षमताविकासमा योगदानगर्ने । साथै अगामीदिनमाअभियान संचालनगर्न तथा सामाजिककार्य गर्न एक अर्कालाई सहयोग, समन्वयतथा सहकार्य अभिवृद्धि गर्न क्षमता बढने ।
३) प्रदेश २ को समृद्धिकोे लागिविभिन्नप्राविधिकतथाव्यवस्थापकीय क्षेत्रमागरिनु पर्ने कार्यहरु, रणनीति, सिफारिस (जिम्मेवार निकाय सहितको) तय गरी प्रदेश २ सरकार र संघीय सरकार तथाअन्य सरोकारवालाहरुलाई नागरिक समाजको तर्फबाट मार्ग दर्शन डकुमेन्टतयार गर्ने ।
४) आफनो व्यक्तिगत, पारिवारीक तथाव्यवसायीकजीवनभन्दामाथि उठेर समाज, देश र प्रदेशको विकास र समृद्धिको लागिनिस्वार्थ भावले विभिन्नअभियानतथा सामाजिक सेवामार्फत गरि राख्नु भएको सेवाभावलाई प्रोत्साहनगर्न विभिन्न ११ विधामा अवार्ड वितरण गरी अभियानी, सेवाभावतथा परोपकारी सोच र वातावरण लाई सुदृढ गर्ने ।
५) प्रदेश २ भित्रको सांस्कृतिकविविधतालाई प्रोत्साहनगर्दै विविधतामाएकतासांस्कृतिक सांझकार्यक्रम संचालन गरी आपसी सद्भावतथा सम्मान बढाउन मदतगर्ने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ