विराटनगर, १७ पुस । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन नेपाल घुम्न आएका भारतीय पर्यटकहरूलाई नाकाबाटै स्वागत गरिएको छ ।
नेपाल सरकारले मनाउने भ्रमण वर्षको पहिलो दिन बुधबार विराटनगर रानी नाका हुँदै भित्रने भारतीय पर्यटकहरूलाई नाकामै स्वागत गरिएको हो ।
एकाबिहानै भित्रिएका पर्यटकहरूलाई विराटनगरका स्थानीयले फूलमालाले स्वागत गरेका थिए । नेपाल–भारतमैत्री युवा संघले विराटनगर भन्सार क्षेत्रमा पर्यटकलाई स्वागत गरेको थियो ।
तपाईको प्रतिक्रिया