बारा, १ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पहिलोपटक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।
मन्त्री भट्टराईले विमानस्थल प्रभावित टांगियाबस्तीको स्थान्तरणका लागि प्रस्तावित ठाउँको निरीक्षण गर्ने र सरोकारवालासँग अन्तरक्रिया गर्न सुरु गरेका हुन् ।
मन्त्री भट्टराईले जीतपुरसिमरा १६ को डकाहा र वडा १७ को लामिडाँडाको निरीक्षण समेत गरे ।
मन्त्री भट्टराईको स्वागतका लागि आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले बस्ती व्यवस्थापनका लागि संघीय सरकारले निर्णय गरे स्थानीय सरकारले सहयोग गर्ने बताए ।
मन्त्री भट्टराईले निजगढ विमानस्थल बन्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । उनले स्थलगत निरीक्षणपछि प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्ले निर्णय गर्ने बताए ।
तपाईको प्रतिक्रिया