परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय राजदूत पूरीको बिदाइ भेट

समाचार

12/15/2019

काठमाडौं, २९ मंसिर । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाई भेट गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न पुरी सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । पुरीले सीमा विवाद हल गर्न भारत तयार रहेको बताएका थिए ।

पुरी २०१७को मार्चमा नेपालका लागि राजदूत बनेर आएका थिए । करीब २ वर्ष ९ महिना भारतीय राजदूतका रूपमा नेपाल बसेका पुरी यसअघिका राजदूतभन्दा कम विवादित मानिन्छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ