गोली प्रहारबाट मृत्यु

समाचार

9/19/2019

रुपन्देही, ३० भाद्र । रोहिणी गाउँपालिका–५ रोहिणी पुलस्थित भैरहवा–धकधई सडकमा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा ओमसतिया गाउँपालिका-५ बस्ने ३५ वर्षीय महेन्द्र कुर्मीको आइतबार दिउँसो मृत्यु भएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले लु.९ प ८२३५ नम्बरको मोटरसाइकलमा सवार कुर्मीलाई पछाडिबाट गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटना पश्चारत तत्काल ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ