वीरगन्ज, १ असोज । कुटपिट मुद्दामा अदालतबाट सजाय भई विगत ९ वर्ष देखि फरार व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कुटपिट मुद्दामा अदालतबाट सजाय पाई फरार रहदै आएका महागढीमाई नगरपालिका वडा नम्बर ८ बस्ने सुईटप्रसाद यादव, अकलुप्रसाद यादव र भुटनप्रसाद यादवलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई २०६७ साल पुस १२ गतेकोे जिल्ला अदालत बाराको फैसलाले कुटपिट मुद्दामा जनही १ महिना १५ दिन कैद र ९ सय ७५ जरिवाना ठहर गरेकोमा हालसम्म पनि उनीहरु फरार रहँदै आएका थिए ।
तपाईको प्रतिक्रिया