फुड फेस्टिवलको आयोजना

समाचार

1/2/2020

नेपालगन्ज, १७ पुस । अंग्रेजी नयाँ बर्ष सन् २०२० को अवसर पारेर बुधबार नेपालगन्जमा नेपालगन्जमा फुड फेस्टिवल आयोजना गरिएको छ ।

स्थानीय परिकारहरुलाई प्रवद्र्धन गर्नका लागी भिन्टेक कलेज अफ होटेल एन्ड टुरिज्म नेपालगन्जले फेस्टिवल आयोजना गरेको हो ।

फेस्टिवलमा सात वटै प्रदेशका दुई दुई वटा स्थानीय परिकार पस्किएका गजेन्द्र मल्लले जानकारी दिए । फेस्टिवलमा एक सय रुपैयाँमा एक प्रदेशको परिकार खान मिल्ने व्यवस्था मिलाइएको कलेजका संचालक सरोज कुमार चन्दले जानकारी दिए ।

नयाँ वर्ष र नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेपाली स्वादलाई प्रवद्र्धन गर्न लागिएको अन्तरक्रिया कार्यक्रममा सञ्चालक चन्दले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ