बम विष्फोट गराउने तीन जना पक्राउ

समाचार

11/13/2019

सुनसरी, २७ कार्तिक । धरान उपमहानगरपालिका–१८ स्थित दिल्ली पब्लिक स्कुलको गेटमा गत भदौ २० गते भएको बम बिष्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दुहबी नगरपालिका(८ बस्ने ३१ वर्षीय मोहन बस्नेत, धरान उपमहानगरपालिका–११ बस्ने भोजपुर ट्याम्के मैयुम गाउँपालिका–२ का ३५ वर्षीय सागर राई र धरान उपमहानगरपालिका–११ बस्ने ३९ वर्षीय क्षितिज भन्ने सुरेश कुमार राई रहेका छन् ।

सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति आदेश समेत प्राप्त भएका उनीहरुलाई खोजी गर्ने क्रममा ईहटरी नगरपालिका–८ बाट प्रहरीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ