राकेश यादव, रौतहट, २ कार्तिक । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा संचालित नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयमा शुक्रवार एक कार्यक्रम विच विद्यालयमा कक्षा ८ मा अध्यनरत बालिकाहरुलाई मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाउ अभियान अन्तर्गत साइकल वितरण गरिएको छ ।
प्रदेश सरकारको सहयोग तथा विद्यालयको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा कक्षा ८ का ३२ जना छात्राहरुलाई प्रमुख अतिथि पूर्व सभासद् श्रीमती रम्भा देवी यादवले साइकल हस्तान्तरण गरेका हुन् । कार्यक्रमको सम्वोधन गर्दै पूर्व संविधानसभा सदस्य यादवले अभिभावकहरुले छोरीहरुलाई नियमित रुपमा विद्यालय पठाउनु पर्नेमा जोड दिएका छन् । शिक्षामा बालिकाहरुको सहज पहुँच हुने उदेश्यले सञ्चालन गरेको बेटी बचाऊ बेटी पढाउ अभियानले बालिकाहरु नियमित रुपमा विद्यालय आउने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवले विद्यालय नमूना विद्यालयको रुपमा स्थापित भएकोले गाउँका सवै छोरीहरुलाई शिक्षा हाँसिल गर्न सहज भएको उनले बताए । बदलिदो परिवेश र आधुनिक युगमा शिक्षाको महत्व बढेकोले शिक्षा नभए समाज , राष्ट्र शिक्षित हुन नसक्ने उल्लेख गरे ।
उनले करोडौंको लगानी लगाएर विद्यालयको भौतिक पूर्वाधारमा सुधार गरिएकोले स्तरीय शिक्षा हाँसिल गर्न सकिने बताए । प्राविधिक शिक्षा अध्ययन गर्ने बालबालिकाहरुलाइ विद्यालयमा सुरक्षित रुपमा ल्याउने र घर पुर्याउने उदेश्यले विद्यालयको आन्तरिक आयबाट १५ लाखमा स्कुल बस खरीद गरेको उनले जनाए ।
तपाईको प्रतिक्रिया