बाह्रखरी उत्कृष्ट कथा अब हिन्दीमा

समाचार

12/13/2019

काठमाडौं, २७ मंसिर । बाह्रखरी बुक्सले गत वैशाखमा बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ अब हिन्दी भाषामा पनि प्रकाशित हुने भएको छ ।

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन हुन लागेको हो ।

बाह्रखरी बुक्सले गत वर्षको शीतयाममा नेपाली भाषाको बृहत् राष्ट्रिय कथा प्रतियोगिता आयोजना गरेको थियो । गत वैशाख ६ गते कथा–प्रतियोगिताका उत्कृष्ट २५ कथाहरूको सङ्ग्रह प्रकाशित गरिएको थियो ।

हिन्दीमा अनुदित ‘उत्कृष्ट कहानियाँ २०७६’ आगामी जनवरी १० तारिखका दिन सार्वजनिक हुने बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानले जानकारी दिएको छ । हिन्दी अनुवाद गोपाल अश्कले गरेका हुन् ।

नेपालस्थित भारतीय दूतावासका हिन्दी तथा संस्कृति अधिकारी रघुवीर शर्माले कथा अनुवादका माध्यमबाट दुई देशबीच मैत्री, भ्रातृत्व, साहित्यिक तथा सांस्कृतिक आदान–प्रदानमा मद्दत मिल्ने समेत बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ