वीरगन्ज, ११ असोज । विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेश नेपालले राष्ट्रव्यापी कार्यक्रम सम्पन्न गरेको छ ।
भिजिट मधेश पर्यटन दिवसमा देशको २० भन्दा बढी जिल्लाहरु तथा ५ वटा प्रदेश एकै साथ पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।
भिजिट मधेश अभियानका अभियन्ताहरुले पर्यटकीयस्थलको सरसफाई, विदेशी पर्यटकलाई स्वागतदेखि लिएर अन्तरक्रिया कार्यक्रम तथा कार्यपत्र प्रस्तुत गर्नेसम्म कार्यक्रमहरु सम्पन्न गरेको छ ।
भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक, जिल्ला संयोजकहरु तथा प्रादेशिक टिमहरुको विशेष पहलमा विभिन्न संघसंस्थाको सहकार्यमा कार्यक्रमहरु सम्पन्न गरेको भिजिट मधेश नेपाल अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले बताए ।
अभियानअन्तर्गत काठमाडौं उपत्यका संयोजक सुनिता रौनियारको नेतृत्वमा काठमाडौंको स्वयम्भुनाथ मन्दिर सरसफाई गरिएको थियो ।
उक्त कार्यक्रममा अजय प्रताप साह, प्रयुसा थिङ्ग, साधना बिराजी, हंशा साह, नबिन सर्राफ, कुन्दन साह लगायतका सहभागिता रहेको थियो ।
त्यसैगरी, राष्ट्रिय समिति सदस्य बैजनाथ साहको नेतृत्व र पर्यटन राज्यमन्त्री सुरेश मण्डल प्रमुख आथित्यमा जनकपुरधामको राजदेवी मन्दिरको सरसफाई गरिएको छ ।
त्यसैगरी, वीरगन्जमा अभियानको राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफद्वारा पर्यटन प्रवद्र्धनको विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
वीरगन्जको होटल मकालुमा वीरगन्ज महानगरपालिका तथा भिजिट मधेश नेपालको सयुक्त आयोजनामा सम्पन्न अन्तरक्रियामा कार्यपत्र उपर विशेष छलफल भएको थियो ।
त्यसैगरी, अभिन्ताहरुले माईस्थानमा रहेको गहवा मन्दिरको सरफाई पनि गरेका थिए । दिपु वर्णवालको संयोकत्वमा सम्पन्न भएको कार्यक्रममा अधिवक्ता विनोद पटेल कुर्मी, श्याम सर्राफ, संजय पटेल लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी दिवसको अवसरमा नेपालको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटमा फ्रान्सका पर्यटकलाई स्वागत तथा सम्मान गरिएको थियो ।
दिवसको अवसरमा प्रदेश नं. ५ का संयोजक आशिष गुप्ताको नेतृत्वमा नेपालगंञ्जको वागेश्वरी मन्दिर सरसफाई गरिएको थियो । प्रदेश १ सुनसरीको रामधुनीमा जिल्ला संयोजक सुशिल राजभरको नेतृत्वमा सफाई गरिएको छ ।
त्यसैगरी, प्रदेश नं. २ की सह–संयोजक सुनिता साहको नेतृत्वमा सप्तरीमा शनि मन्दिरको सरफाई गरिएको थियो ।
सिरहामा सिरहा जिल्ला संयोजक शिवकुमार साहको नेतृत्वमा सिरहाको राजदेवी मन्दिर,सर्लाहीमा नेशनल टिम मेम्बर सुनिल साह भन्छाको नेतृत्वमा डुमडुमे मन्दिर सरफाई गरिएको थियो ।
सर्लाहीमै जिल्ला संयोजक राजेश कुशवाहा र सह–संयोजक अभिषेक यादवको संयोजकत्वमा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको थियो ।
रौतहटमा जिल्ला संंयोजक अभिमनु पटेलको नेतृत्वमा शिवालय मन्दिर, बारा जिल्ला संयोजक अजय साह र मोबारक अंसारीको नेतृत्वमा कलैंयाको रामजानकी मन्दिर, प्रदेश नं. ३ का संयोजक निरन्जन पाण्डे र सह–संयोजक हेमन्त पौड्यालको नेतृत्वमा भरतपुरको पुरानो मेडिकल कलेज, नवलपरासीको रामग्रामको सरसफाई कार्यक्रम सम्पन्न भएको भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले बताए ।
पर्यटन प्रवद्र्धनको लागि हाम्रो सम्पदाको प्रचार प्रसार तथा सरसफाई कार्यक्रम आयोजना गरिएको अभियानका ग्लोबल कोडिनेटर प्रमोदराज सर्राफले बताए ।
तपाईको प्रतिक्रिया