काठमाडौं, २७ भाद्र । भारतका विद्युतमन्त्री राजकुमार सिंह काठमाडौं आएका छन् । उनले प्रधानमन्त्री केपी ओली, ऊर्जामन्त्री वर्षमान पुनसित छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
पूर्वाधार सम्मेलनमा सहभागी हुन तीनदिने भ्रमणमा आएका मन्त्री सिंह प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेट गरेका हुन ।
यस्तै सिंहले संखुवासभामा पर्ने माथिल्लो अरुण जलविद्युत् आयोजनाको निरीक्षण पनि गरेका छन् ।
सम्मेलनमा उनी प्रमुख वक्ताका रुपमा रहेका थिए । यस्तै मन्त्री सिंह र नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काबीच संवाद पनि भएको छ ।
तपाईको प्रतिक्रिया