भारतीय नेता डीपी त्रिपाठीको निधन

समाचार

1/2/2020

काठमाडौं, १७ पुस । नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा निधन भएको छ । भारतको राजधानी नयाँदिल्लीमा उनको निधन भएको हो ।

उनी लामो समयदेखि अस्वस्थ थिए । उनी उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका थिए । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता समेत रहेका उनले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच १२ बुँदे सहमति गराउन भूमिका निर्वाह गरेका थिए ।

२०४६ सालमा प्रतिनिधिसभा पुनःस्थापनालगत्तै उनी नेपाल आएका थिए । पहिलो जनआन्दोलनताका पनि राजीव गान्धीको दूतको रुपमा पनि उनी नेपाल आएका थिए ।

त्यतिबेला उनले नेपालमा पञ्चायती शासन अन्त्य हुने भविष्यवाणी गरेका थिए । त्रिपाठीले ‘नेपाल ट्रान्जिसन ए वे फरवार्ड’लगायतका पुस्तकसमेत लेखेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ