भारतीय पर्यटक डडेल्धुरामा

समाचार

1/5/2020

डडेल्धुरा, २० पुस । हिमपात भएपछि डडेल्धुरामा हिउँ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

डडेल्धुरा सदरमुकामसहित साहुँखर्क, मेलखर्क र हगुल्टे लेक क्षेत्रमा हिउँ खेल्ने र हेर्ने आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्न थालेको हो ।

हिउँ हेर्न र खेल्न भारतको पलिया लखीमपुरबाट पनि पर्यटक आएका छन् । उनीहरु डडेल्धुरा आउँदा स्वीजरल्याण्ड नै आएजस्तो महसुस भएको बनाएका छन् ।

धनगढीबाट १२५ किलोमिटरको पक्की सडकको यात्रा गरेपछि हिउँ हेर्न पाइन्छ । अहिले भ्रमण वर्ष समेत चलिरहेको अवस्थामा सुदूरपश्चिम घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्दै गइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ