भारतीय सीमामा तारबार नगर्न सुझाव

समाचार

9/13/2019

काठमाडौं, २६ भाद्र । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल भारतीय सीमामा तारबार गर्न नहुने सुझाएका छन् ।

संघीय संसदअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका कँडेलले यसो गर्दा दुई देशबीचको सम्बन्ध बिग्रिने बताए ।

‘भारतसँग सीमा बन्द गर्नुपर्छ भन्ने पक्षमा म छैन । यसले सम्बन्ध झन् बिग्रिन्छ’, उनले भने, ‘यसो गर्नु भन्दा कूटनीतिक पहल नै महत्वपूर्ण हुन्छ ।’

भारतमा अपराध गरेकाहरु नेपालको भूगोलमा आएर लुकिरहेको बताउँदै उनले यसलाई नियमन गरिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ