काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपाल भारतबीचको सीमा विवादले दुई देशबीचको सम्बन्धमा असर पार्न नहुने तर्फ सरकारलाई सचेत गराएका छन् ।
राष्ट्रियसभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै सांसद अधिकारीले भारतसँगको सम्बन्ध बहुआयामिक भएकाले सीमा विवादका कारण सम्बन्धमा असर पर्न नहुने बता ।
‘सीमा विवादबारे चर्चा गरिरहँदा नेपाल भारतबीचको सम्बन्धमा खलल पार्नु हुन्न । सीमा विवाद चर्काएर अरु क्षेत्रलाई प्रभावित पार्नु हुन्न, होसियारीपूर्वक काम गर्नुपर्छ’ उनले भने ।
अधिकारीले राज्यको उच्च्तम तहबाट राजनीतिक सहमति कायम गरी सीमा विवाद टुंग्याउन पनि आग्रह गरे । उनले दार्चुलामा कम्तीमा ४/५ वटा सीमा सुरक्षा पोस्ट थप्नुपर्ने सुझाव दिए ।
भारतले बंगलादेशसँगको लामो सीमा विवाद कुटनीतिक माध्यमबाट समाधान गरेको स्मरण गराउँदै सांसद अधिकारीले त्यही दृष्टान्तका आधारमा भारतसँग कुरा गर्न सकिने बताए ।
तपाईको प्रतिक्रिया