कैलाली, १७ पुस । सुदूरपश्चिम प्रदेश भ्रमण बर्ष २०२० धनगढीबाट शुभारम्भ भएको छ । प्रदेशका विभिन्न स्थानीय निकायहरुले पनि छुट्टाछुट्टै रुपमा भ्रमण बर्षको शुभारम्भ गरेका छन् ।
धनगढीको संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गरिएको थियो ।
मुख्य समारोह अघि प्रदेशका नौ वटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यसअघि धनगढीको ट्राफिक चौराहबाट ¥याली समेत निकालिएको थियो ।
तपाईको प्रतिक्रिया