मुख्यमन्त्री राउतको प्रमुख आतिथ्यतामा एन्टाको अधिवेशन सम्पन्न, अपराजिता अध्यक्ष

समाचार

11/18/2019

काठमाडौं, २ मंसिर । अमेरिकामा बस्ने तराईवासीको संस्था एशोशिएसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा) को नयाँ अध्यक्षमा अपराजिता झा निर्वाचित भएकी छन् ।

प्रदेश न २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा अमेरिकाको आयवा राज्यको राजधानी डे मोयनमा आइतबार सम्पन्न एन्टाको पाँचौ महाधिवेशनको अवसरमा नयाँ निर्वाचित केन्द्रीय कार्यसमितिको घोषणा गरिएको हो ।

नयाँ कार्यसमितिका लागि अपराजिता झा समूह र सुबोध मल्लिक समूहबीच प्रतिस्पर्धा भएको र नोभेम्बर १२ देखि १५ सम्म अनलाइन मतदान गरिएको नवनिर्वाचित अध्यक्ष झाले बताइन् ।

घोषित निर्वाचन परिणामअनुसार एन्टाको वरिष्ठ उपाध्यक्षमा इन्द्रदेव साहु, महासचिवमा धीरज चौधरी, उपाध्यक्ष (अन्तर्राष्ट्रिय)मा अनिल द्विवेदी, उपाध्यक्ष (राष्ट्रिय)मा रणधीर शर्मा, कोषाध्यक्षमा मुकेश कर्ण र प्रवक्तामा मोहनकुमार यादव विजयी भएका छन् ।

यस्तै, संयुक्त सचिवमा विन्देश्वर साह र संयुक्त कोषाध्यक्षमा सन्तोष साह तथा केन्द्रीय सदस्यहरुमा मनिष सिंह, सुनैना चौधरी, कुशेश्वर मण्डल, खुसनानन्दन ठाकुर र प्रभात झा निर्वाचित भएका छन् ।

मतदानमा करिब चार सय मतदाताले भाग लिएको नवनिर्वाचित प्रवक्ता यादवले बताए ।

महाधिबेसनमा प्रदेश दुईकै मुख्य न्यायधिवक्ता दीपेन्द्र झा र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले समेत विशिष्ट अतिथिको रुपमा सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ