माघीमा विदा दिन माग

समाचार

1/13/2020

काठमाडौं, २८ पुस । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ । थारु कल्याणकारिणी सभाले काठमाडौंमा पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।

काठमाडौंको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए ।

उनकाअनुसार माघ १ गतेलाई सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिदै आएकोमा गत बर्षबाट विदा कटौती गरिएको छ ।

दुई दिनको सार्वजनिक विदा दिनुपर्ने थारु समुदायले माग गरे पनि एक दिन दिइने बिदा समेत कटौती गर्दा सरकारले थारु समुदाय माथि उपहास गरेको महसुस भएको उनले गुनासो गरे ।

यस्तै थारु कल्याण कारिणी सभाका महामन्त्री मिनराज चौधरीले थारुहरुको आवाज सरकारले सुन्दै नसुनेकाले थारुको आवाज सुनाउन माघीमार्फत आन्दोलनको रुपमा मनाउनु पर्नेमा जोड दिए ।

हालै काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली प्रतियोगिता (साग) मा विजेता भएका थारु समूदायका खेलाडीहरुलाई पनि उक्त दिवसको दिन सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ ।

माघ १ गते झाँकी ¥यालीप्रर्दशन थारु संस्कृति, भेष भूषा, बाजागाजा, संघ संस्थाको तूलब्यानर सहित बिहान १० बजे भृकुटीमण्डपबाट बृहतझाँकी ¥यालीप्रदर्शन गर्दै रत्नपार्क, सहिदगेट हुँदै काठमाडौं मल हुँदै टुँडीखेलमा आयोजना गरिएको मूल समारोहमा सरिक हुने पनि आयोजकले जानकारी दिएको छ ।

त्यस्तै महोत्सवमा २ सय वटा स्टल रह्ने छ । जसमा थारु परिकारहरुको स्टल, भेषभुषा, कलासंस्कृति झल्किने विभिन्न समाग्रिको स्टल, थारु समुदायको इतिहास बोकेका समाग्रीका साथै पुस्तक प्रदर्शनी समेत राखिने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ