माघे संक्रान्तिमा प्रदेश २ मा सार्वजनिक बिदा

समाचार

1/11/2020

जनकपुरधाम, २७ पुस । माघे संक्रान्तिको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ । संक्रान्तिको अवसरमा बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्री परिषद्को बिहीबार बसेको बैठकले माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका उप–सचिव टिकामणी न्यौपानेले जानकारी दिए ।

माघ १ गते बुधबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था लगायत शिक्षण संस्थाहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ