विराटनगर, १० पुस । १० बुँदे विराटनगर घोषणपत्र सार्वजनिक गर्दै दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन भएको छ । युवा पुस्तालाई प्राचीन मैथिली संस्कृति तथा संस्कृतिप्रति अभिरुचि बढाउनुको साथै भ्रमण वर्ष २०२० लाई सफल बनाउने उदेश्यले विराटनगरमा पुष ६ र ७ गते दुई दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गरिएको थियो ।
मैथिली एसोशिएशन नेपालले आयोजना गरेको सो सम्मेलनले नेपाली भाषा पछि सबैभन्दा बढी बोलिने मैथिली भाषालाई संघीय नेपालको नेपालीसँगै मैथिली भाषालाई कामकाजको भाषा बनाउनुपर्ने, प्राथमिक विद्यालयमा मातृभाषामा अध्यापन गराउन विषयगत शिक्षकको नियुक्ति गर्नुपर्ने, प्राथमिक विद्यालयमा पढाइ हुने विषयवस्तु एवं शिक्षण प्रणाली बालमैत्रीसँगै बाल मनोविज्ञानमा आधारित बनाइनुपर्ने, संघीय तथा प्रादेशिक स्तरमा मैथिली एकाडेमी गठन गरेर संस्कृतिसँगै मिथिलाको लोकगाथा, प्रदर्शनकलाको संरक्षण सम्वद्र्धन, अध्ययन अनुसन्धानका लागि प्रकाशनका लागि आवश्यक बजेट विनियोजित गर्नु पर्ने, प्रदेश १ र २ मा सरकारी स्तरबाट मिथिला ग्रामको योजना ल्याउनुपर्ने, मिथिला आर्ट ग्यालरी स्थापना गर्नुपर्ने लगायतका विराटनगर घोषणा पत्र सर्वाजनिक गरेको हो ।
सम्मेलनले मैथिली भाषा, संस्कृति, रहन सहन,पहिरन लगायतका विषयमा व्यापका विमर्श गरेको थियो । नेपाल र भारतका मैथिली भाषाका अगुवाले संस्कृति तथा भाषाको उत्थानका लागि मैथिल विद्धत तथा कवि, कलाकारसँग छुटाछुट्टै विचार विमर्श गरिएको थियो ।
तपाईको प्रतिक्रिया