जनकपुरधाम, १० पुस । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेपाल–भारतको खुल्ला सीमा दुवै देशका लागि ठूलो अवसर रहेको बताएका छन् ।
मन्त्री सोनलले खुल्ला सिमाना चुनौती नभई अवसर रहेको बताएका छन् ।
नेपाल–भारत खुल्ला सीमा संवाद समूहले बिहीबार जनकपुरधाममा बिहीबार आयोजना गरेको ‘सीमाञ्चल सम्बन्धका स्वरुप र नागरिक दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री सोनलले सो कुरा बताएका हुन् ।
सम्वाद समूहका अध्यक्ष तथा राजपा नेपालका महासचिव राजीव झाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा मन्त्री सोनलले मधेशको भूमि कहिल्यै पनि भारतको विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।
उनले नेपाल र भारतको सम्बन्ध सदियौंदेखि चलीआएकोले यसलाइ कुनै पनि तारवारले रोक्न नसक्ने दाबी गरेका छन् ।
कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, राजपा प्रदेश २ का सचेतक प्रमेश्वर साह, भारतीय बुद्धिजीवी अशोक प्रिदर्शी, नवल किशोर चौधरी, पत्रकार एवम राजनितिक विश्लेषक चन्द्र किशोर झा लगायत नेपाल र भारत को नागरिकको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया