काठमाडौं, ८ पुस । मारवाडी सेवा समिति नेपालको वार्षिक साधारण सभा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष श्रवण कुमार अग्रवालले उपस्थित सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्दै मन्तव्य राखेका थिए ।
उपाध्यक्ष कमलेश कुमार अग्रवालले समितिको विधान २०४७ (संशोधित २०७३ सहित) को व्यवस्था बमोजिम नेपालमा स्थायी बसोवास गर्ने सम्पूर्ण आजीवन सदस्यहरुलाई मताधिकार प्राप्त भएको जानकारी गराए ।
प्रमुख अतिथि राज्यमन्त्री दुगडले सभालाई संबोधन गर्दै सबैलाई समेटी संस्थालाई अगाडि बढाउन आग्रह गरे ।
सभाबाट सर्वसम्मत अध्यक्ष पदमा नवनिर्वाचित वसन्त कुमार चौधरीलाई सामाजिक सौहार्दता कायम राख्दै समाजलाई नयाँ दिशा दिन आग्रह गर्दै उनलाई बधाई दिए ।
नव निर्वाचित अध्यक्ष वसन्त कुमार चौधरीले सबैलाई समेटी विधान सम्मत संस्था संचालन गर्ने बतारे । उद्घाटन सत्रमा उपस्थितहरुलाई निवर्तमान अध्यक्ष राजेन्द्र कुमार खेतानले धन्यवाद ज्ञापन गरे ।
साधारण सभाको बन्द सत्र संचालन गर्दै महासचिव विनोद कुमार सेठीयाले कार्यसमितिको तर्फबाट आ.ब. ०७५÷०७६ को संस्थाको कार्य प्रगति प्रतिवेदन पेश गरेकोमा प्रतिवेदन माथि छलफल भई सर्वसम्मतीले पारित गरेको थियो ।
त्यसैगरी कोषाध्यक्ष नारायण बजाजले प्रस्तुत गरेको आ.ब. ०७५÷०७६ को लेखा परीक्षण भएको वासलात माथि छलफल भई सर्वसम्मतीले पारित गरिएको थियो ।
उपाध्यक्ष ओम प्रकाश वंशलले सभामा उपस्थित सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको महासचिव विनोद कुमार सेठीयाले जनाएका छन् ।
तपाईको प्रतिक्रिया