कपिलवस्तु, २ मंसिर । कृषिमन्त्रीको गृह जिल्ला कपिलवस्तु भएपनि खेती गर्ने समयमा मलखाद्य किसानहरुले पाउन नसकेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले मलखाद्यको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
जिल्लामा मलको वितरण गर्ने निकाय कृषि साम्रगी कम्पनी लिमिटेडलाई पटक पटक किसानहरुको माग बमोजिम मलखाद्यको वितरण गर्न आग्रह गर्दा समेत लिमिटेडले मागको सुनुवाई नगरेको कारण प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो ।
जिल्ला सचिव महेन्द्र कुमार पाठकद्वारा पेश गरिएको विज्ञप्तिमा तत्काल हिउँदे खेतीका लागी आवश्यक पर्ने युरिया, डिएपी, पोटास लगायतका रासायनिक मलहरु जिललाको किसानहरुको माग अनुसार वितरणको व्यवस्था मिलाउन माग गरिएको छ ।
तत्काल मलखादको व्यवस्थान नगरे पार्टीको तर्फबाट आन्दोलन गर्ने समेत पाठकले बताए ।
तपाईको प्रतिक्रिया