महानगरपालिकाद्वारा सवारी धनिपूर्जा वितरण सुरु

समाचार

11/15/2019

वीरगन्ज, २९ कार्तिक । प्रदेश नं. २ मा रहेको एक मात्र महानगरपालिका वीरगन्जले शुक्रबारदेखि तीन पाङ्गे्र सवारी साधनहरुको रुटपरमिट सहितको सवारी धनिपूर्जा वितरण सुरु गरेको छ ।

महानगरपालिकाभित्र संचालन टेम्पु, इरिक्सा लगायत एक सय तीनपाङ्ग्रे सवारी साधनहरुको प्रमाण वितरण गरेको हो । महानगरपालिकाले वितरण सुरु गरेको सवारी धनी प्रमाण पत्र नगर प्रमुख सरावगीले हस्तान्तरण गर्दै सुरु गरेका हुन् ।

महानगपालिकामा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख सरावगीले सवारीधनिलाई पूर्जा हस्तान्तरण गर्दै चालक अनुमति पत्र नभएका टेम्पु तथा इरिक्सा संचालन गरेको पाइए सवारी साधन नै जफ्त गर्ने चेतावनी दिए ।

संचारकर्मीहरुसँग कुरा गर्दै नगरप्रमुख सरावगीले स्थानिय तह संचालन ऐन २०७४ ले प्रदान गरेको अधिकारलाई प्रयोग गर्दै महानगर भित्र संचालन हुने तीनपाङ्ग्रे सवारी साधनको रुटपरमिट तथा सवारी धनीपूर्जा वितरण थालिएको बताए ।

उनले महानगरपालिकाले धनिपूर्जा र रुटपरमिट वितरण गर्न थालेपछि नगरक्षेत्रमा हुने सवारी जामको समस्या समेत समाधान हुने बताए ।

वीरगन्ज नगर क्षेत्रमा हुने सवारी जामको मुख्य कारण नै टेम्पु तथा इरिक्सा रहेकाले कहाँ कतिलाई अनुमति दिने कार्य योजना तयार भएकाले चाँडै जामको समस्या समाधान हुने नगर प्रमुख सरावगीले दावी गरे ।

महानगरपालिका भित्र हाल दुई हजारभन्दा बढी इरिक्सा र टेम्पु संचालित रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ