वीरगन्ज, २६ पुस । वीरगन्जस्थित भारतको महावाणिज्य दूतावासले विश्व हिन्दी दिवस तथा हिन्दी कवि सम्मेलन सम्पन्न गरेको छ ।
महावाणिज्य दूतावासले आयोजना कार्यक्रममा प्रदेश २ का विभिन्न व्यक्तिहरुको सहभागिता रहेको छ । कार्यक्रममा हिन्दी भाषाका कविताहरु वाचन गरिएको थियो ।
हिन्दी भाषा अहिले अन्तर्राष्ट्रिय भाषाको रुपमा विश्वमा स्थान बनाउँदै गइरहेको छ ।
कार्यक्रममा सहभागीहरुले हिन्दी भाषा भारतको मात्र नभई विश्वकै एउटा सम्पर्क भाषाको रुपमा विकसित हुँदै गइरहेको टिप्पणी गरेका छन् ।
तपाईको प्रतिक्रिया