‘राजपाको माग पूरा गर्यौं, अब राजपाको नैतिकतामा भर पर्छ’

समाचार

12/25/2019

काठमाडौं, ९ पुस । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट बाहिरिएर राष्ट्रिय जनता पार्टी नेपालको माग पूरा गरिदिएको बताएका छन् ।

एकताका लागि राजपाको मुख्य माग सरकारबाट बाहिरिनुपर्ने नै रहेकोले त्यो पूरा भएको उनले दाबी गरे ।

राजपा अब एकताका लागि कति इमान्दार छ त्यो हेर्न बाँकी रहेको अध्यक्ष यादवले बताए । एकताका लागि लगभग सबै कुरा मिलिसकेको र मुख्य माग समाजवादीले पूरा गरिसकेको अवस्थामा अब छिट्टै एकता घोषणा हुने उनले विश्वास व्यक्त गरेका छन् ।

अब राजपा सरकारमा जाने तर्खरमा रहेको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष यादवले भने, ‘राजपाले आत्मघाती कदम चाल्दैन भन्नेमा मेरो विश्वास छ ।’

सरकारमा रह्ेसम्म एकता हुनै नसक्ने भन्दै आएको राजपाले यस्तो कदापि पनि चाल्दैन भन्ने दावा अध्यक्ष यादवले गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ