काठमाडौं, ५ माघ । राष्ट्रिय जनता पार्टी नेपालनिकट काठमाडौं उपत्यकाको विभिन्न विद्यालय तथा कलेजहरुमा रहेका राष्ट्रिय विद्यार्थी संघका इकाईहरुले मधेशी शहीदहरुको सम्मानमा बलिदानी दिवस मनाएका छन् ।
बबरमहलस्थित राजपाको केन्द्रीय कार्यालयमा आइतबार विद्यार्थीहरुले मधेश विद्रोहको १३ वर्ष पूरा भएको र शहीदहरुको सम्झनामा कार्यक्रम सम्पन्न गरेका छन् ।
साथै, राविसंघलाई समायोजन गर्ने जिम्मेवारी पाएका राजपाका प्रवक्ता कृष्णा सिंहलाई सोही कार्यक्रममा सम्मानसमेत गरिएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता सिंहले आफूले विद्यार्थीहरुको समस्यालाई सही ढंगले सम्बोधन गराउने प्रतिबद्धता जनाएका छन् ।
उनले अहिलेसम्म पनि राविसंघको समायोजन नभएकोले अब केही दिनमै पूरै देशमा समायोजन प्रक्रिया पूरा गर्ने बताएका छन् । उनले ६ जना अध्यक्षलाई समायोजन गरी त्यसको अविलम्ब टुंगो लगाउने बताए ।
प्रवक्ता सिंहले पार्टीले आफूलाई दिएको जिम्मेवारी सबैको सहमतिमा पूरा गर्ने धारणा राखेका हुन् ।
तपाईको प्रतिक्रिया