रौतहटमा एम्बुलेन्सहरुको भाडा दर निर्धारण

समाचार

9/13/2019

रौतहट, २७ भाद्र । जिल्ला एम्बुलेन्स समिति रौतहटको बिहीबार सम्पन्न भएको बैठकबाट सञ्चालनमा रहेका एम्बुलेन्सहरुको भाडा निर्धारण गरिएको छ ।

विना दर्ता नवीकरणको एम्बुलेन्स सञ्चालन रहेको समाचार आएपछि बसेको बैठकले नवीकरण गराउनु पर्ने निर्देशन जारी गर्दै जिल्लाभरि तथा जिल्ला बाहिर प्रबाह गर्ने सेवा बापत लिनु पर्ने भाडासमेत निर्धारण गरेको हो ।

जिल्ला प्रसाशन कार्यालयमा प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा भएको बैठकबाट एसी र ननएसी एम्बुलेन्सका लागि फरक फरक भाडा निर्धारण गरेका हुन् । बैठकले गौर नगरपालिका क्षेत्रको ४ सय, राजदेवी नगरपालिका र यमुनामाई गाउँपालिका क्षेत्रमा एसीको ७ सय तथा ऐसी नभएको एम्बुलेन्सको ६ सय भाडा तोकिएको छ ।

बौधिमाई नगरपालिकाअन्तर्गत १८ सय र १६ सय, मौलापुर नगरपालिकाको २ हजार र १९ सय, फतुआ विजयपुर नगरपालिकाको लागि २२ सय र २१ सय, गुजरा नगरपालिकाको २४ सय र २३ सय कटहरिया नगरपालिका २ हजार र १९ सय, देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिकाअन्तर्गत एसी १७ सय र एसी नभएको १६ सय, बृन्दावन नगरपालिका २१ सय र २ हजार, चंद्रपुर नगरपालिका २४ सय र २३ सय, गढीमाई नगरपालिका १८ सय र १७ सय, दुर्गाभगवती गाउँपालिका ११ सय र १ हजार र माधवनरायण नगरपालिकाअन्तर्गत १८ सय र १७ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

जिल्ला बाहिर गौरदेखि निजगढका लागि एसीको ३५ सय र ३४ सय, वीरगंज ४५ सय र ४२ सय, हेटौडासम्म ५५ सय र ५२ सय, जनकपुर ५५ सय र ५ हजार, भरतपुरको लागि ९ हजार र ८५ सय, काठमांडौको १२ हजार ५ सय र १२ हजार तथा धरानको १२ हजार र ११ हजार भाडा तोकिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी गराएका छन् ।

नेपालबाट विदेश भारत जाँदा गौरदेखि सीतामढीसम्म एसी भएको एम्बुलेन्सको भाड़ा ३५ सय र एसी नभएकोलाई ३ हजार, मोतिहारीको लागि ४५ सय र ४ हजार, दरभंगा ७ हजार र ६ हजार, पटना १० हजार र ९ हजार, मुज्जफरपुर ६ हजार र ५५ सय तथा रक्सौलसम्मको ४७ सय र ४५ सय रुपैयाँ तोकिएको छ ।

बैठकबाट नवीकरण गराउन र दर्ता गराउन तथा तोकिएको भाड़ा लागू गराउन जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन समेत दिइएको छ । जिल्लामा ७३ वटा एम्बुलेन्स सञ्चालनमा छन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ