कैलाली, २९ कार्तिक । बर्दगोरीया गाउँपालिका–३ बुटकौवा खल्ला बस्ने मोतीराम जैशीको खेतको तरकारी बारीमा लुकाइ छिपाइ राखेको भारतीय १२ लाख ५० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
भारतबाट चोरी गरी उक्त बारीमा भारतीय रुपैयाँ लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरीले बारीमा खाडल खनी गाडीको अवस्थामा प्लाष्टिकको बाल्टीमा ५ सय दरका उक्त भारतीय रुपैयाँ फेला पारेको हो ।
साथै सोही ठाउँ बस्ने बीर बहादुर टमट्टाको घर पछाडि खल्लामा परालको थुप्रोभित्र लुकाइ राखेको अनटेष्ट लेखिएको मोटरसाइकल १ थान फेला पारी प्रहरीले बरामद गरेको छ ।
घटनमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया