पर्सा, १३ असोज । बहुदरमाई नगरपालिका–६ बागेश्वरी त्रिकुना चोकबाट अवैध लागूऔषध ५ केजी ६ ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिन्दबासिनी गाउँपालिका–३ झौवा बस्ने २२ वर्षीय धनन्जय कुमार र पोखरीया नगरपालिका–८ जगतिया बस्ने २४ वर्षीय बिकास साह रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले ना.२९ प ५८२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त अवैध लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया