लागूऔषधसहित मण्डल पक्राउ

समाचार

1/4/2020

मोरङ, १९ पुस । विराटनगर महानगरपालिका–१२ स्थित आईतबारे चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ करिब ३ ग्राम ५० मिलिग्राम सहित एक जना पक्राउ परेका छन् ।

सोही महानगरपालिका–१५ बस्ने ३५ वर्षीय समीर मण्डललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ