लागूऔषधसहित रौतहटमा एकजना पक्राउ

समाचार

12/17/2019

रौतहट, १ पुस । रौतहटमा ठूलो मात्रामा लागूऔषधसहित एक जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।

जिल्लाको गरुडा नगरपालिका घर भएर चन्द्रनिगाहपुरमा डेरा गरी लागूऔषधको कारोबार गर्दै आएका शेख सदरे आलमलाई सोमबार साँझ ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।

झोलामा लागूऔषध बोकेर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको बाटो हिंड्दै गरेका ३५ वर्षका आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनले बोकेको झोलामा डाईजोपाम ३२ पिस, नुर्फिन ३४ थान, फनारगन १९ थान, डाइल्याप नामक आगु औषध १८ थानसहित पक्राउ गरेको थियो ।

आलम पक्राउ परेपछि उनी बस्ने देउराली चोकको डेरामा खानतलासी गर्दा ५ सय २२ थान नाइट्रोभेट फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ