वातावरण प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने जिम्मा वडाध्यक्षलाई

समाचार

11/16/2019

वीरगन्ज, २९ कार्तिक । वीरगन्ज महानगरपालिकाभित्र वातावरणलाई प्रदूषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने जिम्मा वडाध्यक्षहरुलाई दिइएको छ ।

पटक–पटक अनुरोध गरेपनि महानगरमा रहेका नदी तथा खुला ठाउँहरुमा प्रदूषित पानीलागयत अन्य केमिकलयुक्त ठोस पदार्थ र चिमनीभट्ठीबाट कालो प्रदूषित हावा जथाभावीरुपमा फालेका कारण वातावरण प्रदूषित गर्ने उद्योगहरुलाई कारबाहीको जिम्मा वडाध्यक्षहरुलाई दिएको हो ।

महानगरपालिकाभित्र रहेका उद्योगहरुले अटेरी गरेपछि महानगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

शुक्रबार बसेको बैठकले वातावरण प्रदूषणको बारेमा निगरानीलाई कडा बनाउनुको साथै ठोस वा तरल कुनै प्रकारको प्रदूषित पदार्थहरु उत्सर्जित गर्ने उद्योगको अवलोकण गरी कानुन बमोजिम कार्यवाहि गर्न महानगरपालिकामा सिफारिस गर्ने सम्पूर्ण जिम्मेवारी ३२ वटै वडाध्यक्षहरुलाई दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ