वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषणरहित बनाउन समझदारी

समाचार

1/12/2020

काठमाडौं, २८ पुस । गृहसचिव प्रेम कुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीम कुमार भुसालबीच वैदेशिक रोजगारको नाममा हुनसक्ने पेशालाई थप व्यवस्थित, मर्या्दित र शोषणरहित बनाउन ६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित बनाउन तथा वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल सरकार गृह मन्त्रालय र नेपाल प्रहरीबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस समझदारीबाट गैर कानूनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्नु पर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ