वीरगंज ४ मङ्सिर । एका बिहानै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य र नगर कमिटी अध्यक्षबीच चिया पसलमै कुटाकुट भएको छ ।
प्रदेशसभा सदस्यओमप्रकाश शर्मा र वीरगंज महानगरपालिका नगर कमिटिका अध्यक्ष भोला कलवार बीच कुटाकुट हुँदा दुवै जना घाइते भएका छन् ।
वीरगंजस्थित नगर सभा गृह टाउन हल सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेता विच हात पात भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका शर्माको उपचार वीरगंजस्थित नारायणी अस्पतालमा चालिएको छ भने टाउन हलका संचालक समेत रहेका कलवार पनि नारायणी अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका छन् ।
तपाईको प्रतिक्रिया