विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

समाचार

12/19/2019

विराटनगर, ३ पुस । मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न विराटनगरमा दुई दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

मैथिली एसोसिएशन नेपालको आयोजनामा पुस ६ र ७ गते विराटनरमा १७ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुन लागेको हो ।

मैथिली युवा पुस्ताहरुलाई प्राचीन मैथिली, कला तथा संस्कृतिप्रति अभिरुची बढाउनुको साथै भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउन उद्देश्यका आयोजना हुने सो सम्मेलनमा मैथिली भाषा, संस्कृति, रहनसहन, पहिरन लगायतका विषयहरुमा व्यापक विमर्श हुनेछ ।

नेपाल र भारतका मैथिली भाषाका अगुवाहरुले संस्कृति तथा भाषाको उत्थानको लागी मैथिल विद्वान तथा कवि, कलाकारसँग छुट्टाछुट्टै विचार विमर्श गरिने मैथिली एसोसिएशनका अध्यक्ष प्रविण नारायण चौधरीले बताए ।

सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ