विराटनगर, ४ पुस । स्वादेशी जुत्ता चप्पल प्रवद्र्धन गर्ने उदेश्यले विराटनगरमा सोमबारबाट जुत्ता –चप्पल व्यापार मेला सुरु भएको छ ।
‘स्वादेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित नेपाली जुत्ता घरले आयोजना गरेको सो मेलामा १५ देखि ६० प्रतिशतसम्मा छुटेको अवस्था गरिएको आयोजकले जनाएको छ ।
व्यापार मेलाअन्र्तगत रहेको कार्यक्रममा प्रदेश १ का पर्यटन , उधोग , वन तथा वानावरणमन्त्री जगदीश कुसियतले स्वदेशी उधोगी स्थापना र प्रवद्र्धन गर्न प्रदेश सरकारले विशेष गृहर्काय गरिरहेको बताए ।
उनले बैंकको चर्को व्याजदर र अर्कोतर्फ जग्गाको अत्यधिक मूल्यका कारण उद्योग खोल्न गाह्रो भइरहेकाले प्रदेश सरकारले औद्योगिक ग्राम बढाउने सोच बनाएको समेत जानकारी दिए मेलामा नेपालका चर्चित विभिन्न ब्रान्डका जुत्ता तथा चप्पल राखिएको नेपाली जुत्ता घरमा संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
तपाईको प्रतिक्रिया