विवाहपञ्चमीमा भारतका गृहमन्त्री र युपीका मुख्यमन्त्रीलाई निमन्त्रणा

समाचार

11/17/2019

जनकपुरधाम, १ मंसिर । यस वर्षको विवाहपञ्चमीमा भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा पठाइएको छ ।

भगवान राम र सीताको विवाह भएको दिनको स्मरणमा मनाइने विवाहपञ्चमीका दिन भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट जन्तीको रुपमा भारतीयहरु आउने गर्छन् ।

गत वर्ष मात्रै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका थिए ।

विवाहपञ्चमीमा जनकपुर आउन नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा दिइसकिएको छ ।

जानकी मन्दिरमा प्रत्येक बर्ष भव्यताका साथ विवाहपञ्चमी मनाइने गरिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ